May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलबभत्ता दिन बालेनको निर्देशन

Biz Sanjal
२०८० असार १४

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । आज आफ्नो फेसबुक पेजमा बालेनले शिक्षकहरुको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन् । बालेनले सार्वजनिक गरेको उक्त तलबमान शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल रहेको बताइएको छ । निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै उनले यस्तो बताएका हुन् ।