May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Biz Sanjal
२०८० असार १३

तेह्रथुम पावर कम्पनी लिमिटेडले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको मंगलबार (असार १२ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर स्वीकृतिका लागि सो प्रस्ताव साधारण सभामा पेश हुनेछ । उक्त प्रस्ताव सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र सेयर जारी हुनेछ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० % हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।