May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

ngadi-power-company-bonus
Biz Sanjal
२०७९ मंसिर १६

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्त कायम चुक्तापुँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १९ करोड २८ लाख ९८ हजार ४८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्