May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस पिपुल्स हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

बिज संजाल संवाददाता
२०७९ कार्तिक २९

पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (कात्तिक २९ गते) अपरान्ह ४ः०४ बजेसम्ममा १२ लाख ३४ हजार ३१० जनाले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.८३ गुणा बढी आवेदन हो ।

हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।