May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
Nepal 1:37:26 pm
Trending

बाराही हाइड्रोपावरले कात्तिक ४ बाट आईपीओ बिक्री खुला गर्ने

बिज संजाल संवाददाता
२०७९ आश्विन २७

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आउँदो कात्तिक ४ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यसमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।