May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

राप्ती हाइड्रोले असार २९ गतेबाट आइपीओ जारी गर्ने

बिज संजाल संवाददाता
२०७९ असार २१

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको हो ।

यो मध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामुहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।