May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

अपर सोलु हाइड्रोको आइपीओ बिक्री खुला

बिज संजाल संवाददाता
२०७९ असार २०

अपर सोलु हाइड्रो इलेक्ट्रिकले आज असार २० गते सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासनगरेको छ जस मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

                                हेर्नुहोस कति कित्ताको लागि आबेदन दिनु उचित 

अपर सोलु हाइड्रोको आइपीओलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख २० हजार ४७५ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । विगतलाई आधार मान्दा आवेदन दिएका सबैलाई आइपीओ पर्ने सम्भावना कम देखिन्छ ।

अपर सोलु हाइड्रोको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ८२ हजार जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने अपर सोलुको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ ।