May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

सिवाइसि लघुवित्तको आइपीओ भोलि बिहीबार बाँडफाँड हुने हेर्नुहोस तपाइको पर्ने सम्भावना कति

बिज संजाल संवाददाता
२०७९ बैशाख १३

सिवाइसि लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरको बाँडफाँडभोलि बैशाख १५ गते बिहीबार हुने भएको छ। बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँड गरिने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो ।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले बिक्रीमा ल्याएको उक्त आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसले गर्दा ३६ हजार ९४८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।