May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

भाेलिबाट दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडनयाँ आईपीओ निष्काशन हुँदै

बिज संजाल संवाददाता
२०७९ बैशाख १२

भाेलि बैशाख १३ गतेबाट दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार ९१–८० लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तासम्म र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा सिद्धार्थ बैंक लिमिटेड बेलीशहर शाखा लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड सेरा बजार दोर्दी, कामना सेवा विकास बैंक लिमिटेड बेसीशहर शाखा लमजुङ्ग, मुक्तिनाथ विकास बैंक बेसीशहर शाखा लमजुङ्ग र एनएमबि बैंक लिमिटेड बेसी शहर शाखा लमजुङ्ग र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।