May 24, 2024, Friday
२०८१ जेष्ठ ११
Nepal 1:37:26 pm
Trending

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

बिज संजाल संवाददाता
२०७९ बैशाख ६

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो।
लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आहिलेसम्म हेर्दा १८ लाख ६३ हजार ७९४ आवेदनबाट दुई अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको दुई करोड ११ लाख ५९ हजार ७२० कित्ता शेयरको लागि आवेदन परिसकेकाे छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।