May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सीवाईसी नेपाल लघुवित्तको आइपीओमा कति पर्यो आवेदन, हेर्नुहोस यस्तो छ विवरण

बिज संजाल संवाददाता
२०७९ बैशाख ४

सीवाईसी नेपाल लघुवित्तको आइपीओमा १ अर्ब ३४ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार (वैशाख ४ गते) बिहान १०.८ बजेसम्ममा ११ लाख ६७ हजार ५१८ जनाले १ करोड ३४ लाख १९ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३६.३२ गुणा बढी आवेदन हो ।

कम्पनीले (वैशाख २ गते) बाट ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।