May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

ग्रीन भेन्चर्सको आईपीओ प्रि-अलटमेन्ट आज हुँदै, हेर्नुहोस बाँडफाँड कहिले ?

बिज संजाल संवाददाता
२०७८ चैत्र १५

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट आज हुने कम्पनीले जनाएको छ ।उक्तआईपीओ काे बाँडफाँड यसै साताभित्र सम्पन्न गर्ने पनि कम्पनीले जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।