May 25, 2024, Saturday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज

बिज संजाल संवाददाता
२०७८ चैत्र १३

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गरेको छ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ।