May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
Nepal 1:37:26 pm
Trending

मूल्य समायोजनपछि हेर्नुहोस नेपाल टेलिकम र जीवन विकास लघुवित्तको सेयर कतिमा पुग्यो

बिज संजाल संवाददाता
२०७८ चैत्र ११

नेपाल दूरसञ्चार कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल टेलिकमको १२२०.८३ रुपैयाँ र जीवन विकास लघुवित्तको ३००० रुपैयाँ कायम भएको छ।
मूल्य समायोजन हुनुभन्दा पहिला अ प्रतिकित्ता नेपाल टेलिकमको १४६५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५१०० रुपैयाँ मा कारोबार भएको थियो । अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेपाल टेलिकमले चैत ११ गते र जीवन विकास लघुवित्तले चैत १२ गतेदेखि वार्षिक साधारणसभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।