May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ चैत्र ११

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गतेअन्तिम दिन हो । कम्पनीले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।