May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

छ्याङ्दी हाइड्रोपावरको करिब ६० हजार कित्ता शेयर लिलामीमा आउने,हेर्नुहोस कहिले

बिज संजाल संवाददाता
२०७८ फाल्गुन २४

छ्याङ्दी हाइड्रोपावर लिमिटेड को करिब ६० हजार कित्ता शेयर लिलामी बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएकाे छ। कम्पनीले हकप्रदमा बिक्री नभएको सो बराबरको शेयर लिलामी मार्फत बिक्रीमा ल्याउने जनाएको छ ।
कम्पनीले गत माघ ११ गते देखि फागुन २ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशन गरेको थियो। साे निष्काशनमा बिक्री नभएको ५९ हजार ८२७ कित्ता शेयर चैत १ गतेदेखि लिलामीमा ल्याउने भएको हो।

कम्पनीले लिलामी मार्फत बिक्री गर्न लागेको शेयरमा इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्युनतम प्रतिकित्ता एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेश गर्न सकिनेछ। बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता वा त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ।

इच्छुक लगानीकर्ताहरुले कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल, नक्सालमा बोलपत्र पेश गर्न सक्नेछन्।

यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आर्दशनगर वीरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र पेश गर्न सकिनेछ।