May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेष्डो समृद्द लघुवित्तको आईपिओ आज बाँडफाँड हुदै, हेर्नुहोस तपाइको सम्भावना कति

बिज संजाल संवाददाता
२०७८ फाल्गुन २४

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुने जनाएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो १ बजे जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गर्न लागेको जनाएको छ ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन फागुन १५ आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले यो आईपिओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट हुने छ । जस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन् । ३ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।