May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

बुधबारदेखी नया कम्पनीकाे आईपीओ आउदै हेर्नुहोस कुन कम्पनी र कति

बिज संजाल संवाददाता
२०७८ फाल्गुन ९

पहिला धेरै आईपीओहरु आउन नपाएको हुनाले एक पछि अर्को आईपीओहरु आइरहेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लघुवित्तको आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।