May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

शेयर बजार १ सय १ अङ्कले घट्यो हेर्नुहोस किन र कति भयो कारोबार

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ फाल्गुन १

शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सय हाराहारी अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर २७०० अङ्कमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।