May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज साँझ बाँडफाँट हुने,हेर्नुहोस तपाइको पर्ने सम्भावना कति

बिज संजाल संवाददाता
२०७८ फाल्गुन १

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज आइतबासाँझ ५ बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट शुक्रबार नै सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसााधारणबाट माग भन्दा ६६.६५ गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो ।