May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

फागुनदेखि बैंकको ब्याजदर बढ्ने संकेत , बैंकले चाएअनुसार घटबढ गर्न पाउने

बिज संजाल संवाददाता
२०७८ माघ २८

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेकाथिए भने अब बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने भएका छन्। यसअघि ब्याजदर तोक्नुअघि बैंकर्स सँघले ब्याजदर कति तोक्ने भन्ने सहमति गर्दै आएकोमा फागुनदेखि भने अब बैंकहरुलाई नै स्वेच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिएको छ।

तर धेरै बैंकहरु तरलता अभावका कारण ब्याजदर बढाउने पक्षमा देखिएका छन्।फागुनदेखि केहि बैंकहरु मुद्दतीको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा छन्।

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए। तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन।