May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चुनावका लागि ५० अर्ब बजेट माग भएको अर्थमन्त्री शर्मा को भनाइ

बिज संजाल संवाददाता
२०७८ माघ २७

अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताएका छन्। चालु आर्थिक वर्ष (२०७८/०७९) को बजेट अर्धवार्षिक रुपमा समीक्षा गर्दै मन्त्री शर्माले छुट्याएको बजेटभन्दा अत्यधिक माग भएको जनाएका छन् ।

‘चुनावका लागि १० अर्ब बजेट छुट्याइएको छ। बाँकी ४० अर्ब बजेट को लागि जुटाउने तर्फ लागेको पनि उनले बताए।

बजेट स्रोत व्यवस्थापनमा चुनौती रहेको उनले बताए। सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ।