May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हेर्नुहोस आहिलेसम्म कतिको पर्यो आबेदन

बिज संजाल संवाददाता
२०७८ माघ २५

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारणसेयरमा आबेदन दिने आज अन्तिम दिन हो। आइपीओमा झन्डै ५६ गुणा बढीले आबेदन परिसकेकाले जाल्पाको आइपीओमा आबेदन दिने म्याद थप नहुने भएकाले आजसम्म आबेदन दिन पाइने जनाईएको छ।

जाल्पाले माघ २१ गतेदेखि निष्काशन गरेको ५ लाख २२ हजार कित्ता आइपीओमा तेस्रो दिन अर्थात माघ २४ गतेसम्म झन्डै ५६ गुणा बढीले आबेदन परेको छ।

सिडीएससीका अनुसार २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आबेदन दिएका छन्। जुन झन्डै ५६ गुणाले बढी हो।