May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

सिद्धार्थ इन्सुरेन्सले गर्यो बोनस सेयर घोषणा

बिज संजाल संवाददाता
२०७८ माघ २०

सिद्धार्थ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने जानकारी दिएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने निर्णय भएको पनि कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । सिद्धार्थले हाल कायम १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको १५% बोनस सेयर दिन लागेको हो ।