May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

माघ २७ गतेदेखि बलेफी हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने,हेर्नुहोस कति

बिज संजाल संवाददाता
२०७८ माघ २०

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने जानकारी दिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ। आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बै)कको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।