May 26, 2024, Sunday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
Trending

गत साता ५ प्रतिशत घटेको नेप्से हेर्नुहोस यस साता कतातिर जाला

बिज संजाल संवाददाता
२०७८ माघ १६

गत साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ। अघिल्लो साता २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.१६ प्रतिशत अर्थात १५१.३६ अंक घटेर २७७९.९८ विन्दुमा झरेको छ।यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यी दूइ बीचको दूरी भने साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा बजार ओरालो लाग्ने संकेत गर्दछ