May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

अनुमति पाएका आईपीओहरु निष्काशन को अन्तिम तयारीमा हेर्नुहोस कहिलेबाट हुन्छ त निष्काशन

बिज संजाल संवाददाता
२०७८ माघ १०

लामाे सयम देखी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुदा बजारमा आईपीओहरु आएको छै। धेरै विवादपछि बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरिएको हो ।

यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।

त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।

यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । यो हप्ता बाट नै आइपीओ निष्कासन हुने सम्भावना देखिएको छ।
यो हप्ता पनि बाकी कम्पनीहरुले आइपीओ निष्कासनको अनुमति पाउने र संख्या बढ्दै जाने भएको हुँदा क्रमस आवेदन खोल्दै जानु पर्ने हुन्छ । बोर्डमा ७ अर्ब हाराहारीको २५ भन्दा धेरै कम्पनीको आइपीओ निष्कासनको लागि पाइपलाइनमा छन् ।