May 26, 2024, Sunday
२०८१ जेष्ठ १४
Nepal 1:37:26 pm
Trending

निफ्राको नाफा २५.६६% बढ्यो

बिज संजाल संवाददाता
२०७८ माघ ६

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा निफ्राको नाफा २५.६६% ले बढेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१% र सञ्चालन नाफा २५.५७% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । गत वर्ष आइपीओ बिक्री गरेका कारण चुक्ता पुँजी बढेर २० अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । बैंकले हालै मात्र ८% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस पुँजीकृत भएपछि चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । जसका कारण अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा छ ।