May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

एनआइसी एसियाले नेसनल लाइफ इन्सुरेन्सको ५७ हजार कित्ता सेयर लिलामीमा ल्यायो

बिज संजाल संवाददाता
२०७८ पुष २८

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज (पुस २८ गते) देखि लिलामी खुला भएको छ । यसमा माघ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यस्तै, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।