May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेप्सेको सीईओको लागि तीन जनाको नाम सिफारिस

बिज संजाल संवाददाता
२०७८ पुष २७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका पाँच जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो।

स्रोतका अनुसार सिफारिस हुनेमा डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्की रहेका छन्। हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका उनीहरु सहित प्रविण पन्दाक, रमेश घिमिरे मध्येमा समितिले डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीलाई अन्तिम तीन जनामा सिफारिस गरेको हो।

छनौट समितिले सिफारिस गरेका तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्। र तीन मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ।