May 25, 2024, Saturday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप भयो हेर्नुहोस कहिलेसम्म

बिज संजाल संवाददाता
२०७८ पुष २७

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
सो हकप्रद शेयरमा अब माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको हो।

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।