May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सानिमा जनरल इन्सुरेन्सको पुस ३० मा एजीएम, सेयरधनीले यसपाली लाभांश नपाउने

बिज संजाल संवाददाता
२०७८ पुष २०

सानिमा जनरल इन्सुरेन्सको चौथो वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा स्मार्ट क्याफे एन्ड बैंक्वेट्स, धुम्बाराही काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।

कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले सोमबार (पुस १९ गते) बुक क्लोज गरेको छ । पुस १८ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् ।

हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा छ । कम्पनीले गत वर्षको असोज महिनामा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।