May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो, हेर्नुहोस कति भयो कारोबार रकम

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ पुष १९

शेयर बजार बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले,  निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् र नेपाल बङ्गलादेश बैंकको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।