May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस नेप्सेको पुरानो वेब साइट नचल्नुको कारण ?

बिज संजाल संवाददाता
२०७८ पुष १९

नेप्सेको पुरानो वेब साइट आइतबार पुस १८ गतेदेखि खुलेको छैन । जसका कारण सहज रुपमा लगानीकर्ताले सूचनादेखि महत्वपूर्ण डाटाहरु समेत हेर्न पाएका छैनन् । नेप्सेले पुरानो साइटमा प्रविधिक समस्या आएका कारण नखुलेको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘नेप्सेको पुरानो वेब साइटमा प्रविधिक समस्या आएका कारण नखुलेको हो ।

अहिले समस्याको पहिचान गर्ने काम भइरहेको छ ।’ समस्या पहिचान हुनसाथ समाधान गरेर सञ्चालनमा ल्याइने उनले बताए । उनले बाहिर हल्ला भए जस्तै नेप्सेको पुरानो साइट नवीकरण नगरिएका कारण नचलेको होइन, प्राविधिक समस्या आएको हो, उनले भने । यद्दपि, नेप्सेको नयाँ साइट भने चलिरहेको छ । यो साइट नचलेका कारण लगानीकर्ताले नेपाली पैसाबाट लाइभ डाटा लगायतका अन्य सूचनाहरु पनि हेर्न र पढ्न पाएका छैनन् ।