May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

धितोपत्र बोर्ड अध्यक्ष पदका लागि पुनः आवेदन खुला, पुराना आबेदकले पनि फेरि आबेदन भर्नुपर्ने

बिज संजाल संवाददाता
२०७८ पुष १५

सरकारले नेपाल धितोपत्र बोडको अध्यक्ष पदका लागि पुनः आवेदन खुला गरेको छ । सूचना जारी भएको मिति अर्थात बिहीबार (पुस १५ गते) बाट १५ दिन (पुस २९ गते) भित्रमा आवश्यक योग्यता पुगेका व्यक्तिहरुले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिन छनोट तथा सिफारिस समितिले आग्रह गरेको छ ।

यसअघि अर्थात कात्तिक ११ गतेको सूचनाका आधारमा आवेदन दिएकाहरुले समेत पुनः आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । यसअघिका आवेदकहरुले आवेदन फिर्ता लिन चाहेमा १५ दिन भित्र छनोट तथा सिफारिस समितिसमक्ष निवेदन दिनुपर्नेछ । आवेदन फिर्ता लिने आवेदकहरुले तिरेको राजस्व फिर्ता गरिने पनि मन्त्रालयले जनाएको छ ।