May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस अब निष्कासन हुन लागेका आईपीओहरु र किन लामो समयेदेखी बजार मा आईपीओ आइरहेको छैन

बिज संजाल संवाददाता
२०७८ पुष १५

लामाे सयम देखी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुदा बजारमा आईपीओहरु आएको छैनन् ।आइपीओ जारी गर्नका लागि अहिले २८ वटा कम्पनीहरु तयारी मा रहेका छन् ।चार महिना भन्दा बढी समय देखी बोर्ड नेतृत्व बिहीन छ । यति लामो समसयम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन । बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि सरकारले उनलाई बर्खास्त गरिसकेको छ ।बोर्डका अनुसार अहिले करिब १ दर्जन कम्पनी आइपीओ निष्काशन गर्ने अन्तिम तयारीमा रहेका छन् ।हिले बोर्डमा अध्यक्ष र नेप्सेमा सिइओ खाली रहेको छ । यी दुवै निकाय अहिले कायम मुकायममा चलेका छन् । बोर्डमा नियुक्त हुनेले ४ वर्षको कार्यकालमा करिब २ वर्ष मात्रै काम गर्न पाउने छ ।

बोर्डमा अध्यक्ष बन्नको लागि १२ जना र नेप्सेमा सिइओ बन्नको लागि ११ जनाले आवेदन दिइसकेका छन् । । अहिले २८ वटा कम्पनीको ७ अर्ब ३९ करोड ६६ लाख ४ सय रुपैयाँको ६ करोड ७२ लाख ४६ हजार ४ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

२८ वटा कम्पनी मध्ये १८ वटा हाइड्रोपावर, ६ माइक्रोफाइनान्स दुईवटा बीमा कम्पनी र दुईवटा अन्य कम्पनी रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योरेन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मन्दाकिनी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी र इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ पाइपलाइनमा रहेको छ । यी कम्पनीको अध्ययन भइरहेको बोर्डले जानकारी गराएको छ ।

बोर्डको पाइपलाइनमा लामो समयदेखी डिस मेडिया नेटवर्कको आइपीओ पनि पाइपलाइनमा रहेको छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको आवेदन पाइपलाइनमा रहेको छ । यी कम्पनीको फाइनल अध्ययन गरेर थप कागजात माग गरिएको छ ।

यस्तै विन्धावासिनी हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवाखोला हाईड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीको आइपीओ पाइपलाइनमा रहेका छन् ।

यी ११ कम्पनीमध्ये अधिकांश कम्पनी सार्वजनिक निष्काशनको लागि अन्तिम चरणमा रहेका छन् । ११ मध्ये अधिकाशं कम्पनीले बोर्डले भनेको आवश्यक प्रकृया पुरा गरिसकेका छन् । बोर्डले अनुमित दिएपछि आइपीओ निष्काशन गर्ने तयारीमा रहेका छन् । यी कम्पनीले आइपीओ निष्काशन गर्नको लागि बोर्डले अध्यक्ष पाउनुपर्ने नै देखिएको छ ।

बोर्डमा अध्यक्ष आउनको लागि सरकारको अपेक्षा अनुसार करिब ८ करोड जसले दिनसक्छ त्यही आकाक्षी नै अध्यक्ष बन्ने देखिएको छ । सरकारको अपेक्षा कहिले कुन आकांक्षीले पुरा गर्न सक्छन् त्यो व्यक्तिले नै बोर्डमा करिब २ वर्ष नेतृत्व गर्ने देखिएको छ ।