May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

जोशी हाइड्रोपावरले ३ वर्षको एजीएम एकै दिन हुने हेर्नुहोस के के छ त एजेन्डाहरु

बिज संजाल संवाददाता
२०७८ पुष १२

जोशी हाइड्रोपावरले माघ ३ गते एकैदिन तिन आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा बोलाएको हो । सभामा तिन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेेछ । सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।

यसैगरी, सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।