May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने हेर्नुहोस कहिले र कति

बिज संजाल संवाददाता
२०७८ पुष ११

धेरै समय देखि रोकिएको आईपीओ निष्कासन को प्रक्रिया अब सुरु हुने क्रममा छ । यसैक्रममा श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ३७ लाख २ हजार ५ सय रूपैयाँ बराबरकाे ३ लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने जनाएको छ। कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।