May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज भोटेकोशीको प्रि ओपन सेसनमाहेर्नुहोस कतिमा भयो पहिलो कारोबार?

बिज संजाल संवाददाता
२०७८ पुष ११

आज स्पेशल प्रि ओपन सेसनमा मध्य भोटेकोशी जलविद्युत कम्पनी (MBJC) को पहिलो कारोबार भएको छ।सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको हो।कम्पनीको शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही आधारमा यस दिन कम्पनीको शेयर कारोबार खुल्नेछ।