May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

नेप्सेमा मध्य भोटेकोशीको आईपिओ सुचिकृत हेर्नुहोस कहिले र कतिमा हुन्छ पहिलो कारोबार

बिज संजाल संवाददाता
२०७८ पुष ९

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको MBJC सिम्बलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि ९४.३० रुपैयाँ देखि २८३.१७ रुपैयाँसम्मको रेन्ज तोकिएको छ । आइतबारको परी ओपन सेसनमा कारोबार हुँदा यस रेन्जमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेलेपहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल रहेको छ ।