May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

लाभांश दिने प्रस्ताव पेश नबिल बैंकको पुस ३० मा एजीएम हेर्नुहोस कति गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने

बिज संजाल संवाददाता
२०७८ पुष ९

नबिल बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३३.६०% बोनस सेयर र करसहित ४.४०% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यस्तै, अधिकृत पुँजी १९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । सभामार्फत संस्थापक सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

यता, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ करोड ४४ लाख रुपैयाँ अनुमोदन हुनेछ । सभा बैंकको केन्द्रीय कार्यालय परिसर, दरबारमार्ग काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ । सभा गर्न पुस १६ गते बुक क्लोज हुनेछ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।