May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आज ९२ अङ्कले बढ्दा शेयर बजारमा हरियाली, हेर्नुहोस कुन कुन कम्पनी कति बढे र कति भयो कारोबार रकम

बिज संजाल संवाददाता
२०७८ पुष ७

शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अंकले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लाे तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ