May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चन्द्रागिरी हिल्सको पुस २९ गते एजीएम, हेर्नुहोस के के प्रस्ताव सहित एजीएम हुदैछ

बिज संजाल संवाददाता
२०७८ पुष ७

चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने जानकारी भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ । साथै, गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ । साथै, कम्पनीको उद्देश्य थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा बनाएको छैन । तसर्थ, यस वर्ष चन्द्रागिरीका सेयरधनीको हात खाली हुने भएको छ । सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकाकेट, टप स्टेशन परिसरमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।