May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

श्रृजनशील लघुवित्तले आइपीओ निष्कासन गर्ने ,हेर्नुहोस कति र कहिले

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ पुष ५

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्न र अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा संस्थाको केन्द्रीय कार्यालय, गोलबजार सिराहामा बिहान ११ बजे सुरु हुनेछ ।