May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गत साता समग्रमा ३ प्रतिशत घटेको नेप्से हेर्नुहोस यो साता के होला के अब किन्ने समय आएको होत ?

बिज संजाल संवाददाता
२०७८ पुष ४

गत साता समग्रमा नेप्से परिसूचक ३ प्रतिशत घटेको छ। अघिल्लो साता २४४९.९७ विन्दुमा बन्द भएको नेप्से भने गत साता ७३.२३ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता नेप्से ओरालो लागेमा २२०० विन्दुमा पुग्ने र, नेप्से उकालो लागेमा २५०० विन्दुमा प्रतिरोधको सामना गर्ने विश्लेषकहरु बताउछन्।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै करेक्सन फेजमा रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिनबार बनाएको छ। जसले सो साता सेलर्सहरु रिजेक्ट भएको संकेत गर्दछ।