May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

कृषि विकास बैंकले लाभांश घोषणा गर्यो

बिज संजाल संवाददाता
२०७८ पुष २

कृषि विकास बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने जानकारी दिएको छ।बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.९५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।