May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

बुटवल पावरको लाभांश घोषणा,हेर्नुहोस कहिलेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने

बिज संजाल संवाददाता
२०७८ मंसिर २९

बुटवल पावर कम्पनीले २०% लाभांश दिने भएको जनाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । बुटवलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।

सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाका लागि बुटवल पावरले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।