May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रि ओपन सेसनमा करिब साढे १४ अंक बढ्यो नेप्से

बिज संजाल संवाददाता
२०७८ मंसिर २९

आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ।हिजो कारोबार दिन अर्थात मंगलबार १३७.१८ अंक बढेर २४१८.८४ विन्दुमा पुगेर बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.३५ अंक बढेर २४३३.३० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४१ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।