May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

पूँजी बजार सुदृढीकरण बृहत कार्यदलद्वारा अर्थमन्त्री सँग छलफल,हेर्नुहोस के के भयो छलफलमा

बिज संजाल संवाददाता
२०७८ मंसिर २९

पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले अर्थमन्त्री जनार्दन शर्मासँग लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलको रुपमा आज छलफल गरेको छ। कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले मन्त्री शर्मासंग अर्थ मन्त्रालयमा भेट गरि पूंजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदे बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल गरिएको जानकारी दिए। उनका अनुसार अर्थमन्त्रीले आफु पूंजीबजारको दिगो बिकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसंगै पुरा गरिने विश्वास दिलाएका छन् ।

कार्यदलले शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाईएको सिमा पूर्ण रुपमा हटाउनु पर्ने, लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने, र पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकि कामहरु तत्काल गर्नु पर्ने माग राखेको छ ।

यी ३ मागहरु सम्पन्न भई पुँजी बजार सम्बन्धि नीति, नियम, प्रविधि , र पूर्वाधारको सुनिश्चितता नभएसम्म एकतावद्द र सामुहिक ढंगले लागिरहनको लागि अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल गठन भएको हो। कार्यदलमा लगानीकर्ताका सबै संघसंस्थाहरुको प्रतिनिधित्व रहेको छ ।