May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पुनर्बीमा कम्पनीले १९% लाभांश दिने हेर्नुहोस लाभांशपाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने

बिज संजाल संवाददाता
२०७८ मंसिर २८

नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिने बिषयमा छलफलको लागि पुस २२ छैंठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १६.५०% बोनस सेयर र कर प्रयोजन सहित गरेर २.५०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।